के छ दुताबासहरुमा?

✪ 2 comments
उहिले शासकहरु
लमतन्न लम्पसार परेर
झोलि फिँजाऊदै दुताबासहरुमा
सत्ता टिकाउन चाकरी गर्दा
विद्रोही भन्ने गर्थे
यो त गुलामी भो
फेरि ढोका चाहार्र्दै दुताबासहरुका
देश चलाउने भेटि माग्दा
विद्रोही भन्ने गर्थे
यो त सरासर गलत भो
देश हाम्रो विदेशीको निगाहा भो

आहिले नयाँ परिद्रिश्यमा
विद्रोही मालिक बन्दा
चिल्ला गाडिमा सबारी हुन्छन् दुतावासहरुमा
आनि नयाँ शासक घुँडा टेक्दै
शिर झुकाउछन् सत्ता टिकाउन
गिडगिडाऊँदै भेटी थाप्छन् दुताबासहरुमा
बिचरा जनता बुझ्नै सक्तैनन्
आखिर के छ दुताबासहरुमा
-रमेश पौडेल

2 comments

Anonymous ✪ 17 June, 2009

aba ta kabi ni bhayis hai
k garna lageko yar taile
j hos ramro cha

Amir Subedi ✪ 17 June, 2009

I have already listen and comment this poem! Dami chha yaar daI!

Post a Comment