एकादेशमा

✪ 2 comments

एकादेशमा
दनदनी जलिरहेका सडकबाट
एउटा हुँकार आइरहेछ
फेरि आर्को बिर्द्दोह हुँदैछ रे

एकादेशमा

क्रान्ति सम्पन्न गरि

सुस्ताऊँदै गरेका योद्दाहरुका बिचमा

एउटा भ्रम फैलिरहेछ

क्रान्तिको उपहार एउटा शिशु निमोठिँदैछ रे


एकादेशमा

युद्द हारी भागेका

लाचार जन्तुहरुमा

एउटा आशा पलाईरहेछ

हाम्रो पालो फेरि आँऊदैछ रे


एकादेशमा

दु:खमा र आभाबमा पिल्सिरहेका

विवश जनतामा

एउटा निराशा फैलिरहेछ

जुन जोगि आएपनी कानै चिरेका रे

एकादेशमा

जुन जोगि आएपनि कानै चिरेका रे

- रमेश पौडेल

2 comments

Anju ✪ 25 April, 2010

Babu nice poem....

ramesh ✪ 26 April, 2010

thanks bhauju

Post a Comment