पहिचान

No comment yet
भावसुन्य मस्तिष्क बोकि
हिँडिरहेकोछु
आफ्नै पहिचान खोज्दै
सडक, गल्ली र बस्तीहरुमा
अन्धकार गल्ली
अनकन्टार बस्ती
अनि
दिग्भर्मित सडक
आफैमा हराइरहेछन्
पहिचानको खोजिमा
भौतारिरहेछन्
जिवनयापनका लागि

निराश मन बोकि
लड्खडाइरहेको छु
आफ्नै परिभाषा खोज्दै
गाँऊ, पाखा र भन्ज्याङ्हरुमा
शोकाकुल गाँऊ
रक्ताम्य पाखा
अनि
चिहानमा रुपान्तरित भन्ज्याङ्हरु
आफैमा रोइरहेछन्
परिभाषाको पुनर्लेखनको लागि
लड्खडाइरहेछन्
अस्तित्व रछ्याको लागि

स्तब्ध आत्मा बोकि
लत्रिरहेछु
गन्तब्य बिहिन दोबाटोमा
विचार हराएको म
आफ्नै परिभाषाको खोजिमा
सोचिरहेछु
मेरो पहिचान निरन्तर
किनकी
म विचारसुन्य भएको छु
मेरो आस्था मरिएको छ
अनि
कैद गरिएका छन्
मेरा अपरिचित विवेकहरु

Post a Comment