तीन सपना

2 comments
बिहान उठेर मोबाइलमा औला डुलाउँदै थिए, फेसबुकले सम्झाइदियो उसको जन्मदिन भनेर। दुई लाइन शुभकामना खर्च गरे।तुरुन्तै उत्तर पठायो। “दाई अलि गाली गरेर भन्नु यार, चित्तै बुज्झदैन... मिस यु .. साँच्ची”। ओठ फिस्स फुक्यो हल्का हाँसोमा। मख्ख पँरे।एक मन सोँचे दुई लाइन गालि पनि खर्च गर्दिऊँ। तर फेरी सोँचे, हैन ऊ त अब्बल कवि भइसक्यो कँहा गाली गर्न मिल्छ। सरसर्ति उसको वाल हेर्न थाले। केटोले फेसबुकको भित्तामा पनि कबिता नै टाँस्न थालेछ। एउटा हरफमा गएर टक्क आँखा अडिए, एक छिन आँखा चिम्म गँरे र झट्ट लेखेँ, “ओई केटा, म तेरो कबिता सापट लिन्छु है”। एकछिनसम्म पनि उत्तर आएन।मन मनै सोँचे “हो ऊ त साँच्ची अब्बल कवि भइसकेछ”।

बच्चा बेलाका मेरा तीन सपना
फुटबल खेल्न लायक बन्ने
मिठो स्वरको गायक बन्ने
राजेश जस्तै नायक बन्नेविचरा 
मेरा सपनाहरु अचेल पनि जिस्किन खोज्छन् ।  
              -अमिर सुवेदी

तिमीले म्यारोडोना ह्याँड अफ गड गोल हेरेनौ?’ उसले बडो जोशका साथ सोघ्यो।
‘अँह’ मेरो उत्तर सुनेर उसलाई बिस्मातनै परेछ क्यारे नीले अनुहार लगाँऊदै भन्यो, ‘के फुटबल फ्यान हुँ भन्छौ यार जाबो म्यारोडोनाको खेल त हेरेको छैनौ ’। 
उमेरमा म भन्दा आठ दश बर्ष ठुलो भएपनि केही बर्ष यता उ मेरो जिग्रि बनेको थियो।२००८ को च्याम्पियन्स लिगको फइनलको रात म्यान्चेस्टर युनाइटेडले चेल्सिलाई हराएपछि स्तब्ध हुँदै उसको अनुहार हेरिरहेको थिए।मेरो निराशालाई केही कम गर्न ऊसले कुरा सुरु गरेको थियो। 
मन मनै गमे, साँच्चै हो कि के हो। तर मेरो के दोष ८६को विश्वकप म भन्दा एक बर्ष जेठो,९० मा म नै भकुन्डो भन्दा सानो अनि ९४ मा त म्यारोडोना को हो भनेर चिन्न नापाँउदै खान नहुने चिज खायो भनेर फिफाले म्यारोडोनालाईनै बाईबाई भन्दियो। 
आयो पालो ९८ को, आफ्नोमा नभएपनि छिमेकमा भने दुई ओटा टि.भी थिए। एउटा घरभेटी सन्किदा अर्को को मा भए पनी वल्डकप हेर्न पाईयो।केही जिदान, कोहि बाटिस्टुटा त कोहि माल्दिनी भन्थे, मलाई चाँहि रोनाल्डो को खेल गजबको लाग्यो र भए ब्राजिलको  डाइहार्ड फ्यान।
फाईनलमा ब्राजिलले भकाभक ३ गोल खायो, रोनाल्डोले त बल पनि छोएन राम्रोसँग। सार्है नमज्जा लाग्यो। तिनछाक सम्म तरकारीमा नुन आएन। तैपनि फुटबलले चै राम्रै तान्यो।

गाँऊमा  वल्डकपको रन्कोमा धेरै गेम हुन्थे। टोलको भाले बाजि त परै जओस मुला, काँक्रो बाजिमा पनि टिममा परिएन। कहिले टिमईन्ट्री को लागि पैसा भएन, पैसा हुदँ ढङ्ग भएन।टोलका केटाहरु कहिले  छालाको लागि त कहिले ब्लाडरको लागि पैसा ऊठाँऊथै, पैसा मिसाउदाँसम्म बल छुन पाइन्थो तैपनि किप्पर बसेर। किप्पर बस्दा पनि धेरैजसो त ब्याक्कीले सुट हान्दिन्थ्यो आफु त समातेर दिने मात्र। दुई चार रुपिँया थप्यो भने ब्याक्की सम्म बस्न पाईन्थ्यो। पैसा छैन भने त बान्नोमा बसेर हेर्ने
।रोनाल्डोझै गोल हान्ने त सपना मात्रै।
त्यहि बेला नवयुवा पत्रिकाले पेलेको १०-१५ पाना लामो जिवनी छाप्यो। कालो मोति रे, रगतमा नि फुटबल भएको मान्छे अनि पेले भनेको त झुम्राको बल खेल्ने मान्छे रे। 
रोनाल्डोको भुतसँगै पेलेपनि सवार भयो। 
सँग सँगै ९८मा साफ गेम आयो।नेपाल  फाईनलमा हार्यो तर हरि खड्का र वसन्त गौचन हिरो भए। मैले हरि खड्कामा रोनाल्डो देखेँ त्यसपछी त घरमा लगाउन हुने लगाउन नहुने धेरै मोजा पोको परे। पिँढी, आँगन र डहरमा धेरै पटक कुर्कुच्चो जोतियो, खुट्टाका नङ भाँचिए,नलिहाड ठोक्कियो। तर  पनि गोल हान्न पाईएन।
तिनताका दाईले SLC मा फस्ट डिभिजन ल्याए, गाँउले डक्टर ईन्जिनिएर देख्न थाल्यो मेरो दाइमा। 
त्यो सँगै भविष्यको  लौरो तेर्सियो म तिर पनि। 
गाँऊलेहरु सोध्न थाले'ठुलो भएर के बन्छस् कान्छा?',
दिमागमा फ्याट आयो 'रोनाल्डो'।
तर मुखबाट निस्किन नपाँउदै बा ले प्याच्च दिन्थे 'के हुन्छ र यो, दाईहरुको हलि, पढ्नु गुन्नु छैन दिनभरि झुम्रो पोको पार्दै हिँड्छ, तँलाई गधा'।
 हलीसम्म त ठिकै थियो गधा पनि बोनसमा मिल्यो।  
--------------

“अब चोटहरुले बिथोल्दैन मलाई गहिरो घाउ छातिमै छ....”,
‘खै कति गहिरो छ देखा त हेरम ’, पछाडिबाट दिदिले प्याट्ट हिर्काइन।
‘ह्या यार कस्तो मज्जाले गाँऊदै थिए तेत्तिकै डिस्ट्रब गर्दिइन यार’।
‘गधाको जस्तो स्वर छ गाँऊछस् मज्जाले’मेरो खिल्ली उडाईन्।
‘बाँदरले आफ्नो घर पनि बनाऊदैन अर्काको पनि बनाऊन दिन्न भनेको यही हो, आफुलाई त गाँऊन आउदैन अर्काले गाएको पनि देख्न नसक्नी’ यति भनेर म फेरिघोक्रो तिखार्न लागे।
“मायाले यस्तरी मार्यो लौननि भुतुक्कै पार्यो यो सोझो गाँऊलेको छोरोलाई”
रेडियोमा सिजनै पिच्छे नयाँ नयाँ सुपरहिट गीत आँऊथे।‘ओराली लागेको...”, “फैलियो माया दुबो सरी...”, “हङ्कङ पोखरा..”, “छेको छेको देऊराली डाँडा...”, “यो गाँऊको ठिटो म..” त्यो सँग सँगै आफु पनिसिजनै पिच्छे सुपरस्टार। 
मामाले ईन्डियाबाट ल्याईदिएको फिलिप्सको रेडियो थियो घरमा। बा घरमा हुँदा त छुने चान्स नै थिएन। बिहानको संस्क्रत समाचार देखी साँझको घटना र विचार, र राति बि.बि.सी. सम्म समाचार मात्र बझ्थ्यो घरमा। बा नहुँदा चाँहि बल्ल छोराछोरीको पालो। त्यसमा पनि कान्छो म, दाई दिदी घरमा हुँदा त मैले रेडियोको  कान बटार्न पाउने कुरै भएन। कोहि नभएको मौका पारेर रेडियो खोल्यो अनि रामकृष्ण ढकाल, यम बराल, नारायण गोपाल जोसुकै घन्किए पनि छेउमा बसेर  जानि नजानि चिच्यायो।
'यो सम्झिने मन छ म बिर्सु कसोरी तिमी नै भनिदेऊ एएएएएए.....'
तिहारको बेला थियो भैलो खेल्नलाई टोलका केटाहरुले टोली बनाए। हाम्रो छिमेकका दाई ईन्डियाका लाहुरे भएर आएका थिए्। उनको मा पैसा झार्ने प्लन बनाएर गयौ। ऊनले कुच कुच होता हे को गित गाँऊने कोहि छ भने २० रुपैँया दिेने सर्त राखे।सबैले मुखामुख गर्न थाले। एउटाले अर्कोलाई तैँले गा तैँले गा भन्दै जुहारीनै चल्यो।   जसको आखाँमा हेरे पनि गितको भन्दा २० रुपैँयाको माया बढी थियो। जति कोसिस गरे पनि अगाडि जाने आँट त आएन। पछडि बाटै घाँटी सफा गँरे,'अँहम् अँहम्' । 
बिस्तारै गाऊन सुरु गरेको त 'तु तु तु तुम........ तु तु तु तुम' त्यो बाहेक केही निस्केन मुखबाट। 
सबै हाँस्न थाले।
'ओई रुमाल दे त घुँडो पुछम्' एउटो तोरीलााहुरे ठालु भयो। 
एक छिनमै सारा जोश गायब भयो।पछि मेरो छेउमा उभिएको अर्कोले आगाडि सरेर भटाभट गाईदियो।
'तुम पास आए युँ मुस्कुराए तुम ने ना जाने क्या सपने देखाए, अबतो मेरा दिल जागे ना सोता हे कुच कुच होता हे.....'।
त्यो पछि अगाडि गएर गाऊने कुरा त परै जाआोस् भैलो खेल्दा भट्टाउने सम्मको आँट आएन। पछाडि बसेर तालि पिट्दै  भैलिराम भन्दैमा काम चालाए।
तिहार पछि अर्को बर्षको लागि तयारी सुरु गँरे। निकै जोश थियो भैलोमा २० रुपैँया कमाउने।अर्को बर्ष लाहुरेको छुट्टिनै मिलेनछ क्यरे उनी घर आएनन्, म पनि भैलो खेल्न गइन। 
रेडियोमा 'तिहारै आयो लौ झिलिमिलि सुन हजुर भैलीनी आए आँगन' बजी राखेको थियो।म पिँढीमा बसेर सुनि राखेको थिए।
'ओई कान्छा त भैलो खेल्न गएनस्' दिदीले सोधिन्।
'पँहेलो बालीमा भैलो खेल्न हुन्न थाहा छैन तिमीलाई' यति भनेर म भित्र छिँरे।  
त्यो साल मैले भैलो नखेले पनि असिनाले पँहेलो बाली ठटाई छाड्यो।  

                                ----------

शनिबार नेपाल टेलिभिजन टेलिभिजन हेरेर लेकिन, मगर, बस् जस्ता डाइलग हान्न थालेको दुई चार बर्ष भैसकेको थियो।नेपाल टेलिभिजनले साँङ्ग्रीला च्यानलको नाममा शुक्रबार राति नेपाली फिल्म दिन थाल्यो। कसम, भिष्म प्रतिज्ञा, सिमाना, भाऊजु, प्रतिक्षा,अधिकार, अवतार, देऊता, शंकर एक पछि अर्को गर्दै राजेश हमालका चरित्रले मेरो मनमा डेरा जमाऊन थाले। र बिस्तारै सन्नि देवल र अजय देवगनका १०, १५ फाइट भएका फिल्म पनि फिक्का लाग्न थाल्यो।स्कुल र बाटोघाटो मा हुने झिनामसीना छिनाझम्टिमा पनि शंकर, अम्मरे, कर्ण, गुरु बनेर  जाईलाग्न थाँले। जुल्फी बिनाको राजेश हमाल के काम? 
तर के गर्ने आफ्नो भने जुल्फीले  तालु छोड्न नापाऊँदै मास्टरले समातेर रिगाँइ हाल्थै तै पनि मनले काहिल्यै हार खाएन, असार र दँशै बिदामा बल्ल बल्ल तालु छोड्थ्यो जुल्फिले। 
यसो केहि दिन 'हे, शंकर हो मेरो नाम शंकर' भन्दै  टाउको झड्कार्यो फेरि स्कुल जानि दिन आँऊथ्यो अनि ब्याक टु त्यहि बुरुस कट कपाल।

टि.भी. को हिरो राजेशलाई हलमा हेर्न निकै पापड बेल्न पर्यो। अल्लारे पोखराको हलमा १०० दिन भन्दा घेरै चल्यो तर टि.भी. मा "रातो टिका निदारमा...." हेरेर बस्नु बाहेक मेरो केहि चलेन। त्यसपछी आयो साथी त्यो पनि त्यस्तै भयो।मेरो काकाको छोराले हेरेर आएछ। उ हुँदा उसको मुखबाट पन्ध्र पटक कहानी सुनेर मन बुझाए। ऊ नहुँदा 'मलाई पनि अङ्गग्रेजीमा बोल्न सिकाईदेउन..." भन्दै चित्त बुझाए। 
पनिखै केको हो आहारा दैवले पुर्याऊँछ भनेझै मेरो इच्छा पुरा गर्न पनि दैवको साहारा काम लाग्यो। ५६ सालमा हाम्रो ठुलोबा चौमास बसेका थिए, ठुली एकादशीको दिन साङ्गे, फुल तार्न गाँऊनै ऊल्टेर सेतीतिर लाग्ने भयो। मेरो काकाको छोरो र म त्यहि दिन भागेरफिल्म हेर्न जाने प्लान बनायौँ।घरमा सबैलाई नारायण हरीकै चिन्ता थियो, हाम्रो निधिखोजी कसले गरोस्। दँशैमा मामाघर गएको नि कामै लाग्यो, बाटाखर्च त आखिर त्यहि हो नि। 
फुल तार्न  सेती जानेको हुलमा मिसिएर बाटो लागियो। घरभन्दा निकै तल पुगेपछी बसमा फुत्त चढेर पोखरा टाप। पन्ध्र रुपिँयामा स्पेसलको टिकट काटेर विन्दवासीनी हल छिरेको  त भित्र त खुट्टा टेक्ने ठाँऊनै रैनछ। सायद सबैलाई  ठुली एकादशीले साईत जुराएछ क्यारे। पैताला उचालेर तिन घण्टा तन्केको तिन दिनसम्म पिँडुला दुखेर हैरान।
भित्र पसेको केहि छिनमा बत्ति निभ्यो। पछाडि दुई ओटा प्वालबाट लाईट आएर अगाडिको भित्तोमा ठोक्कियो। अनि ठुला ठुला अछ्यरमा 'माटो बोल्छ' लेख्यो।
हल भरि तालि र सिठ्ठीको फोहोरा छुट्यो। मेरो काकाको छोराले पनि उफ्रिदै सिठ्ठी फुक्यो। मैले तालिले काम चँलाए।
'जब जब धरतिमा अन्नाय र अत्याचार ले सिमा नाँघछ, राँको बल्छ हुरि चल्छ अनि यो देशको को माटो बोल्छ"भन्दै राजेश हमालले गाग्रीबाट पनि खन्याएर नुहायो। जिउ भरि माटो दल्यो र तरबार बोकेर मुला काटे झै गुन्डालाई काट्न थाल्यो।
'बाबा हो राजेश हमाल त साँचै खतरा रैछ यार'। बाहिर निस्के पछी बडो जोशका साथ मैले सुनाए।
'साथिमा झन कुकुरको फाईट क्या दामी थियो'  ऊसले साथि हेर्न नपाएको पुरानो कुन्ठा फेरी ताजा गराईदियो।
'यार हिरो हुनुत राजेश हमाल जस्तो' भन्दै घर फर्क्यौ।
त्यसको पन्ध्र बीस दिनसम्म वल्टै माटो पल्टै माटो बोल्न थाल्यो। सपनामा राजेश हमाल धेरै पटक तरबार लिएर नाच्यो।मेरो  राजेश हमाल हुने सपना भने स्कुलको बुरुस कट कपाल जस्तै खर्सो मात्र भयो कहिले लर्किन पाएन।

2 comments

Unknown 24 July, 2013

dear ramesh dai! i just wanted to say that those with these three dreams must have awesome childhood right? i mean haami sabai ko dream kasto mileko hai? may be it's because our culture is same and above all we all are Nepali. hamro sapana ra ahile ko generation sapana pani yeutai chhan, just character haru change bha'ka matrai hun. haami ronaldo, pele, maradona ani zidane aadi banne sapana dekhtheu tara aile messi ra c.ronaldo banne chalan chha... haami aadhunik gayak banna khojtheu ta aile rap-hip-hop ani rockstar banne hod chha... haami rajesh hamal bantheu ani aile chai ranbir-imran ani aru bideshi hero ko sapana dekhneko bahulyeta badheko chha... koi-koi aile technology le garda farak dhar ma gaye jasto laageta pani ramesh dai sapana sachikai tehi chha just character change bha'ka matrai hun. Thank you

R'mes 31 July, 2013

haha ho ta hai shyam.. and happy you read this..

Post a Comment